काठमाडौँ तराई-मधेस द्रुतमार्ग : सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालन « Khabarhub

काठमाडौँ तराई-मधेस द्रुतमार्ग : सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालन


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँलाई तराई–मधेससँग छोटो दूरीमा जोड्ने ७२.५ किमी दूरीको द्रुतमार्ग आयोजनालाई १३ वटा प्याकेज बनाई अन्तर्राष्ट्रिय बोलपत्रमार्फत अघि बढाइएको जानकारी दिए । 

उनले भने, ‘हालसम्म सात प्याकेजको ठेक्का सम्झौता भई निर्माण सञ्चालनमा छ । तीन वटा प्याकेजको बोलपत्र प्रकाशन भई मूल्यांकनको चरणमा छ । बाँकी प्याकेज ड्रइङ, डिजाइनको कार्य अघि बढाइएको छ ।’

चालु आवको जेठ मसान्तसम्म आयोजनाको भौतिक प्रगति २३.४५ र वित्तीय प्रगति २५.४ छ । आयोजनामा हालसम्म ४४ अर्ब ९० करोड खर्च भइसकेको छ । आव २०८०-८१ का लागि २२ अर्ब ५० करोड विनियोजन भएको छ ।

उपप्रधानमन्त्री खड्काले देशको आर्थिक, सामाजिक विकासमा दूरगामी प्रभाव पार्ने उक्त आयोजनाको निर्माण कार्य समयमै सम्पन्न गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए। सेनाको व्यवस्थापनमा हाल मुलुकका कोसी करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडक (च्याम्ताङ–घोङघप्पा खण्ड), बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडक, कर्णाली करिडोर (लालिबगर–दुल्लिकुन्नाघाटपारीचौर–बद्रीगाउँ–भुक्काखोला खण्ड) सडक, दार्चुला टिंकर (तुषारपानी–तिंकर खण्ड) सडक निर्माण भइरहेका छन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  २ : ०२ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ