द सेक्रेट्स अफ राधालाई अमेरिकामा अवार्ड « Khabarhub

द सेक्रेट्स अफ राधालाई अमेरिकामा अवार्ड


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘द सेक्रेट्स अफ राधा’ले अमेरिकामा सम्पन्न नेपाल-अमरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट फिचर कथानक चलचित्र’ विधाको अवार्ड जितेको छ । यो फिल्मका निर्देशक सुवर्ण थापा हुन् ।

यसैगरी सुजित बिडारीले निर्देशन गरेको फिल्म ‘ऐन झ्लायको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयलेण्डले मानार्थ पुरस्कार प्राप्त गरेको छ । यसैगरी उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको ‘द मिराज’ले प्राप्त गरेको छ भने सूर्य शाहीद्धारा निर्देशत ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।

महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियुद्धारा निर्देशत ‘पियोना म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनले निर्देशन को ‘पासाङः द स्याडो अफ एभरेष्ट’ले प्राप्त गरेका छन् भने सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र ‘इन्टूमिस्ट’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ । वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष् कुँवरद्धारा निर्देशित ‘मेरो बुबा’ले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ले मानार्थ पुरस्कार पाएको छ ।

महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको फिल्म ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ भने ‘ह्वेरविण्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेशन अवार्ड प्राप्त गरेको छ । महोत्सवका निर्णायक अमेरिकाका निना सटाइकन, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ ओटा चलचित्र मध्येबाट ती फिल्म पुरस्कारका लागि छनौट गरेका थिए ।

एएफआई सिल्भर थियटर र ८० वर्षदेखि सञ्चालनमा रहेको वल्र्ड ग्रिनबेल्ट थियटरमा फिल्म प्रदर्शन गरिएका थिए । महोत्सवमा फिल्म प्रदर्शनका साथसाथै ‘इन्भेस्टिङ इन साउथएशियन स्टोरिज’विषयमा अन्तरक्रिया गरिएको थियो । छलफलमा भारत कलाकार तथा चलचित्र निर्माता,पाकिस्तानका कलाकार तथा निर्देशक नूर नग्मीर नेपालका निर्देशक तथा लाकार सुवर्ण थापा सहभागी थिए । छलफलको सहजकर्ता नेपाल अमेरिका चलचित्र केन्द्रका सहसंस्थापक किर्तना बाँस्कोटाले गरेकी थिइन ।

यसैगरी ग्रिन बेल्ड वल्र्डबेल्ट थिएटरमा अमेरिकन चलचित्र निर्माता र अस्वेत चलचित्रकर्मीबीच छलफल गरिएको थियो । रेड कार्पेटसहित ऐना झ्यालको पुतलीको प्रदर्शनबाट जुन २२ मा सुरु भएको महोत्सवमा नायक राजेश हमाल, सहयोगी संस्था ग्लोबलपिस फिल्म फेस्टिबलका प्रतिनिधि, अमेरिकामा रहेका नेपाली चलचित्रकर्मी, मेरिल्याण्ड गभर्नर अफिस, मेरिल्याण्ड फिल्म अफिस, मेरिल्याण्ड पार्कस् एण्ड रिक्रियशनका फिल डेभिसलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ३ : ३९ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय