विश्वसँग असल राजनीतिक रआर्थिक सम्बन्ध चाहन्छौँ : तालिबान « Khabarhub

विश्वसँग असल राजनीतिक रआर्थिक सम्बन्ध चाहन्छौँ : तालिबान


११ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका नेता मौलवी हैबतुल्लाह अखुन्दजादाले आफ्नो समूहले अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी इस्लामिक मुलुकहरुसँग असल राजनीतिक तथा आर्थिक सम्बन्ध चाहेको बताएका छन् ।

इद–उल–अजहाको आगमनपछि एक सन्देश जारी गर्दै उनले यस सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गरेको पनि उल्लेख गरेका छन् ।

काबुलबाट प्रसारण हुने अफगान समाचार च्यानल टोलो न्यूजका अनुसार तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले नेता मौलवी हैबतुल्लाह अखुन्दजादालाई उद्धृत गर्दै इद–उल–अजहाको अवसरमा उक्त सन्देश जारी गरेका हुन् ।

मुजाहिदको ट्वीटरमा प्रकाशित पत्रमा अखुन्दजादाले भनेका छन्, “जसरी हामी अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, त्यसरी नै हामी अरुलाई हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिँदैनौं ।”

उनले तालिबान नेतृत्वमा मुलुकको आर्थिक पतन र सङ्कटको भविष्यवाणी गलत साबित भएको दाबीसमेत गरे ।

तालिबानको ‘बुद्धिमत्तापूर्ण कदम, इमानदारी र पारदर्शिता’ का कारण देश आर्थिक पतन हुनबाट जोगिएको अखुन्दजादाले बताए ।

उनले लागूऔषधको मुद्दालाई पनि उल्लेख गर्दै भने, “देशमा अफिमको खेती उन्मूलन भइसकेको छ र किसानहरूले विकल्पको खोजी गरिरहेका छन्, र यहाँ कानुनी रूपमा वैध मानिने व्यवसासयीक खेतीको विस्तार भइरहेको छ ।”

“यसबीचमा, सबै प्रकारका लागूपदार्थको उत्पादन, तस्करी र प्रयोगमा प्रतिबन्ध लगाइएको छ र अब, धेरै नागरिकहरू, विशेष गरी युवाहरू यस क्षतिबाट जोगिएका छन्,” अखुन्दजादाले भनेका छन् ।

महिला अधिकारका सम्बन्धमा उनले जबर्जस्ती करणीलगायत थुप्रै परम्परागत उत्पीडनबाट महिलालाई जोगाउन ठोस कदम चालिएको र उनीहरूको शरिया अधिकारको संरक्षण गरिएको दाबी गरे ।

उनले भने, “यसबाहेक, इस्लामी शरिया कानूनअनुसार महिलाहरूलाई आरामदायी र समृद्ध जीवन प्रदान गर्न समाजको आधा भागको रूपमा ‘महिलाहरूको सुधारका लागि आवश्यक कदम’ हरू चालिएका छन् ।’’

उक्त सन्देशमा अफगान बालिका र महिलाको शिक्षाबारे कुनै उल्लेख गरिएको छैन ।

अखुन्दजादाले प्यालेस्टिनी महिला, बालबालिका र असहाय मुसलमानहरूमाथि इजरायलले गरेको क्रूर कार्यको कडा शब्दमा निन्दा गरेको र अन्य देशहरूलाई ‘यस अतिवादी मानवीय अपराध र क्रूर अत्याचारलाई रोक्नका लागि आफ्नो कर्तव्य निर्वाह गर्न’ आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ६ : ३३ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट