लगातार आठ महिनायता पाकिस्तानी टेक्सटाइलको निर्यात घट्दो « Khabarhub

लगातार आठ महिनायता पाकिस्तानी टेक्सटाइलको निर्यात घट्दो


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको टेक्सटाइल निर्यात लगातार आठ महिनादेखि ओरालो लागेको पाइएको छ ।

पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार गत वर्षको तुलनामा यस वर्षको मे महिनामा पाकिस्तानबाट हुने टेक्सटाइलको निर्यात २० प्रतिशतले घटेको छ । यस आर्थिक वर्षको ११ महिनामा पाकिस्तानले १५ अर्ब डलरको टेक्सटाइल निर्यात गरेको जनाइएको छ ।

यसअनुसार पाकिस्तानको टेक्सटाइल निर्यात वार्षिक अनुपातमा १४ दशमलब ७ प्रतिशतले घटेको छ ।

यस तथ्यांकले मुलुकमा औद्योगिक क्षेत्रले भोगिरहेको चुनौतिलाई उजागर गरेको एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । पछिल्लो समय पाकिस्तानले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ ।

पाकिस्तानको घट्दो टेक्सटाइल निर्यातका कारण उद्योगहरु धराशायी हुने र त्यहाँ काम गर्ने कामदारको रोजगारीमा पनि प्रश्न उठेको बताइएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ३५ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट