लगातार आठ महिनायता पाकिस्तानी टेक्सटाइलको निर्यात घट्दो « Khabarhub

लगातार आठ महिनायता पाकिस्तानी टेक्सटाइलको निर्यात घट्दो


१२ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको टेक्सटाइल निर्यात लगातार आठ महिनादेखि ओरालो लागेको पाइएको छ ।

पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार गत वर्षको तुलनामा यस वर्षको मे महिनामा पाकिस्तानबाट हुने टेक्सटाइलको निर्यात २० प्रतिशतले घटेको छ । यस आर्थिक वर्षको ११ महिनामा पाकिस्तानले १५ अर्ब डलरको टेक्सटाइल निर्यात गरेको जनाइएको छ ।

यसअनुसार पाकिस्तानको टेक्सटाइल निर्यात वार्षिक अनुपातमा १४ दशमलब ७ प्रतिशतले घटेको छ ।

यस तथ्यांकले मुलुकमा औद्योगिक क्षेत्रले भोगिरहेको चुनौतिलाई उजागर गरेको एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ । पछिल्लो समय पाकिस्तानले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ ।

पाकिस्तानको घट्दो टेक्सटाइल निर्यातका कारण उद्योगहरु धराशायी हुने र त्यहाँ काम गर्ने कामदारको रोजगारीमा पनि प्रश्न उठेको बताइएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ३ : ३५ बजे

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो