अन्तरिक्ष केन्द्रबाट तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता « Khabarhub

अन्तरिक्ष केन्द्रबाट तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका तीन जना अन्तरिक्षयात्री मंगलबार सकुशल पृथ्वीमा फर्किएका छन् । अन्तरिक्षयान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यबारे आशंका उत्पन्न भइरहेको समयमा तीन वैज्ञानिक सकुशल फर्किएका हुन् ।

काजकस्थानको झेखाजगान सहरनजिक अन्तरिक्षयात्रीहरु सकुशल अवतरण गरेका हुन् । पहिलो चरणमा पृथ्वीमा आइपुगेका अन्तरिक्षयात्रीहरुमा नासाका अन्तरिक्षयात्री आन क्याकक्लेन, वरिष्ठ रुसी अन्तरिक्षयात्री ओलेग कोनोनेन्को र क्यानाडाली अन्तरिक्षकेन्द्रका डेभिड सेन्ट ज्याक्स छन् ।

नासाबाट प्रत्यक्ष प्रशारण गरिएको अवतरणको दृश्यमा तीनैजना यात्रु पृथ्वीमा अवतरण परेपछि साथीहरुसँग मुस्कुराइरहेको देखिन्थे । क्यानाडाली र अमेरिकी अन्तरिक्षयात्री खजाकस्तानबाट मस्को हुँदै स्वदेश फर्किएका छन् ।

अन्तरिक्ष केन्द्रमा रहँदा दुईपटक अन्तरिक्षमा हिँडेको म्याकक्लेनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ५ : ३७ बजे

खाडी मुलुकको आग्रहपछि इरानमाथिको आक्रमण स्थगित गरियो : ट्रम्प

एजेन्सी– कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को

प्रतिनिधिसभामा आज पनि प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको विरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)