पाकिस्तानी जेलमा दुर्व्यवहारको सिकार बन्दै अफगान शरणार्थी | Khabarhub Khabarhub

पाकिस्तानी जेलमा दुर्व्यवहारको सिकार बन्दै अफगान शरणार्थी


१३ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी जेलमा अफगान शरणार्थीहरु दुर्व्यवहारको सिकार भइरहेको पाइएको छ ।

अफगानिस्तानको टोलो न्युजका अनुसार पछिल्ला केही सातामा पाकिस्तानले दर्जनौँ अफगान शरणार्थीलाई पक्राउ गरी जेल हालेको छ । आवश्यक कागजात नभएको भन्दै पाकिस्तानले अफगान शरणार्थीलाई पक्राउ गरी जेल हालेको टोलो न्युजले जनाएको छ ।

पाकिस्तानी जेलमा रहेका अफगान शरणार्थीहरुले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानको अन्तरिम सरकारसमक्ष आफ्नो समस्या सम्बोधन गरिदिन पनि माग गरेका छन् ।

पाकिस्तानको कराँची सहरमा रहेको अफगान वाणिज्य दूतावासका प्रमुख अब्दुल जबार टखारीले पाकिस्तानले जेलमा रहेका अफगान शरणार्थीहरुलाई रिहा गर्नुपर्ने उल्लेख गरेका छन् ।

जेलमा रहेको धेरै अफगानहरु उपचारका लागि पाकिस्तान आएको उल्लेख गर्दै उनले यस विषयलाई पाकिस्तान सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  १ : १२ बजे

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

म्याग्दी– म्याग्दीस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु

छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)

जनकपुर– छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी

सूर्यले मानवलाई लगाएको गुन सम्झिने छठ पर्व

काठमाडौँ – छठ पर्व हिन्दू धर्मका सबैभन्दा प्राचीन र आस्थापूर्ण

इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध

काठमाडौं– इटालियन सिरी ए फुटबलमा लाजियोले जित निकालेको छ ।

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई