पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलर बराबरको स्ट्यान्डबाइ सम्झौता « Khabarhub

पाकिस्तान र आईएमएफबीच ३ अर्ब डलर बराबरको स्ट्यान्डबाइ सम्झौता


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ३ अर्ब डलर बराबरको नयाँ स्ट्यान्डबाइ सम्झौता गरेको छ । यससँगै पाकिस्तानमा जारी आर्थिक सङ्कटमा केही राहात हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय अर्थतन्त्रमा भुक्तानी सन्तुलनको सङ्कटबाट प्रभावित भएको पाकिस्तानमा महिनौंदेखि राजनीतिक अराजकता पनि उत्पन्न भएको छ ।

यस कारण विदेशी लगानी भित्रिने वातावरण पनि बिथोलिन सक्ने प्रक्षेपण गरिएको छ । हाल पाकिस्तानमा मुद्रास्फीति ह्वात्तै बढेको बताइएको छ । त्यसैगरी, मुद्रा अवमूल्यनको जोखिम पनि बढ्दो छ ।

आईएमएफका अधिकारी नाथन पोर्टरले भनेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तर्राष्ट्रिय मुद्रा कोषका टोलीले पाकिस्तानी अधिकारीहरूसँग एसडीआर २, २५० मिलियन (लगभग ३ बिलियन) को रकममा नौ महिनाको स्ट्यान्डबाइ व्यवस्थामा कर्मचारी स्तरको सम्झौतामा पुगेका छन् ।’

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ६ : २० बजे

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८