पाकिस्तानको कराँचीमा व्यक्तिगत दुश्मनीका कारण ३ जनाको हत्या, १ जना घाइते | Khabarhub Khabarhub

पाकिस्तानको कराँचीमा व्यक्तिगत दुश्मनीका कारण ३ जनाको हत्या, १ जना घाइते


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको कराँची सहरस्थित बल्दिया क्षेत्रमा सशस्त्र अपराधीहरूले ‘व्यक्तिगत दुश्मनी’ को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा एक जना चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन् ।

एआरवाई न्युजले जनाएअनुसार अनुसार घटना बलदियाको रसिदाबाद क्षेत्रमा भएको थियो जहाँ सशस्त्र अपराधीहरूले तीन नागरिकको हत्या गरी चार वर्षीय बालकलाई गोली हानेर घाइते बनाएका थिए ।

प्रहरीले विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई गोली लागेको र उपचारको लागि स्थानीय अस्पतालमा लगिएको जनाएको छ । मृतकहरू मोहम्मद जुनैद, इम्तियाज, सीफान र मुहम्मद अयान रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक एसपी बल्दियाले प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसीबीका कारण घटना भएको पाइएको बताएका छन् । यसअघि मार्चमा कराँचीको कश्मीर रोड क्षेत्रमा व्यक्तिगत दुश्मनीका कारण अज्ञात आक्रमणकारीहरूले एक नागरिकको गोली हानी हत्या गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १ : ४४ बजे

प्रहरीको गोली र छर्रा लागेर तीन फोटो पत्रकार घाइते

काठमाडौँ- जेन-जी आन्दोलनकारीलाई रोक्ने क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर

विदेशी मिडियाको प्राथमिकतामा नेपालको प्रदर्शन

काठमाडौं- नेपालमा भइरहेको जेनजीको प्रदर्शनलाई विदेशी सञ्चार माध्यमले पनि प्राथमिकता

काठमाडौंको जेन-जी आन्दोलन भारतीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण

काठमाडौं– काठमाडौंमा भइरहेको जेन-जी पुस्ताको आन्दोलन भारतका मुख्य टेलिभिजनहरूले प्रत्यक्ष

बानेश्वरमा सेना परिचालन

काठमाडौं- नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ । जेनजी

कान्तिपुर टीभीका पत्रकार श्रेष्ठलाई रबरको गोली लाग्यो

काठमाडौँ – जेन-जीहरूले नयाँबानेश्वर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार