रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता « Khabarhub

रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताबीच टेलिफोन वार्ताका क्रममा युक्रेनमा जारी युद्धलगायतका क्षेत्रीय एवम् विश्वव्यापी विषयमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले शान्ति, सुव्यवस्था र स्थायित्व सुनिश्चित गर्न रुसको नेतृत्वमा चालिएका कदमको समर्थन गरेका छन् ।

उक्त कुराकानीका क्रममा पुटिनले रुसको वर्तमान अवस्था र पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए । उनले युक्रेनले कुनै पनि किसिमको सम्झौताका लागि राजनीतिक र कूटनीतिक कदम चाल्न अस्वीकार गरेको बताए । यस क्रममा मोदीले संवाद र कूटनीतिका आधारमा शान्ति स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

कुराकानीका क्रममा रुसमा हालै भएको वाग्नर समूहको विद्रोहबारे पनि कुराकानी भएको जनाइएको छ । त्यसबाहेक दुवै नेताले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्न द्विपक्षीय सहयोगका विषयमा पनि कुराकानी गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ९ : ५३ बजे

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौं– अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले श्रम स्वीकृति पत्रबाहेक

शान्ति वार्ताका लागि इरान र अमेरिकाका उच्च अधिकारीहरु पाकिस्तानमा

काठमाडौँ– अमेरिका र इरानबीच जारी करिब ६ हप्ता लामो युद्ध