रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता | Khabarhub Khabarhub

रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताबीच टेलिफोन वार्ताका क्रममा युक्रेनमा जारी युद्धलगायतका क्षेत्रीय एवम् विश्वव्यापी विषयमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले शान्ति, सुव्यवस्था र स्थायित्व सुनिश्चित गर्न रुसको नेतृत्वमा चालिएका कदमको समर्थन गरेका छन् ।

उक्त कुराकानीका क्रममा पुटिनले रुसको वर्तमान अवस्था र पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए । उनले युक्रेनले कुनै पनि किसिमको सम्झौताका लागि राजनीतिक र कूटनीतिक कदम चाल्न अस्वीकार गरेको बताए । यस क्रममा मोदीले संवाद र कूटनीतिका आधारमा शान्ति स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

कुराकानीका क्रममा रुसमा हालै भएको वाग्नर समूहको विद्रोहबारे पनि कुराकानी भएको जनाइएको छ । त्यसबाहेक दुवै नेताले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्न द्विपक्षीय सहयोगका विषयमा पनि कुराकानी गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ९ : ५३ बजे

ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान

काठमाडौं – पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि

एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

काठमाडौं – मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार

आज २०८२ साल असार ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार