संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ : सभामुख « Khabarhub

संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ : सभामुख


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पुर्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

आज संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै उनले जनप्रतिनिधिका विषय जस्ताको तस्तै जनतामा पुर्याउने काम महत्वपूर्ण हुने बताए । उनले भने, ‘समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ ।  संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो ।’  

उनले संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्ने भन्दै यसमा सहयोग गर्न आफू तयार रहेको बताए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नु पर्नेमा जोड दिए ।

उनले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको भए पनि प्रतिनिधिसभामा गएर अघि बढ्न नसकेको बताए । 

उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय रहेको बताइन् ।

संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । जसअनुसार नयाँ नेतृत्वका लागि सविन धमला, तुल्सी सापकोटा, विष्णु खड्का, मनोज सत्यालले दाबी प्रस्तुत गरेका छन् । 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १० : ४७ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज