नरैनापुरका भूमिहीनलाई लालपुर्जा वितरण सुरु « Khabarhub

नरैनापुरका भूमिहीनलाई लालपुर्जा वितरण सुरु


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाह) मा रहेका लालपुर्जा विहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सुरु गरिएको छ ।

नरैनापुर गाउँपालिका–४ स्थित गाउँब्लकका ७७ घर परिवारलाई पाहिलो चरणमा जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को भदौमा गोस्वारा नापी कार्यालय टोली नं १ ले गरेको नापी र सर्वेक्षणअनुसार वडा नंं ४ का करिब पाँच सयको गाउँब्लकको जग्गा धनी पुर्जा तयार पारिएको छ ।

नरैनापुर गाउँपालिकामा रहेका छ वटै वडामा पुर्जाविहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने मिश्रले बताए । उनले छ वटै वडामा करिब दुई हजार पाँच सय बढीलाई पुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

मिश्रले भने, ‘अहिले वडा नम्बर ४ का ७७ जनालाई मात्र वितरण गरिएको छ, यस वडाका बाँकी चार सय बढीलाई पुर्जा वितरणको तयारी गरिएको छ ।’ अन्य वडामा पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने कार्यक्रम रहेको उनको भनाइ छ ।

नापी कार्यालयबाट सर्भे र नापी भइसकेका गाउँब्लकको जग्गाको प्रमाण पुर्जा बनाएर वितरणको अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाहले बताए । 

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  १ : १३ बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर