पाकिस्तानी सुरक्षा फौजले आतङ्कवादीविरुद्ध गरेको सुरक्षा कारबाहीमा छ जनाको मृत्यु « Khabarhub

पाकिस्तानी सुरक्षा फौजले आतङ्कवादीविरुद्ध गरेको सुरक्षा कारबाहीमा छ जनाको मृत्यु


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको सुरक्षा फौजले आतङ्कवादीविरुद्ध गरेको सुरक्षा कारबाहीमा छ जना मारिएका छन् ।

सेनाको अन्तर सेवा सूचना निकाय आईएसपीआरलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएअनुसार उत्तरी वजिरिस्तान जिल्लाको रजमाक क्षेत्रमा भएको दोहोरो भिडन्तमा तीन जना आतङ्कवादी मारिएका थिए भने ट्याङ्क शहरमा शहरमा भएको झडपमा तीन जना मारिएका थिए । सेनाले दुवै स्थानमा शुक्रबार सुरक्षा कारबाही गरेको हो ।

सुरक्षा बलले झडप भएका दुवै स्थानबाट विभिन्न हातहतियार र गोला बारुद बरामद गरेको छ । सुरक्षा बल र निर्दोष नागरिकको हत्याका साथै आतङ्ककारी गतिविधिमा संलग्न सक्रिय समूहलाई निष्क्रिय तुल्याउन सुरक्षा फौज क्रियाशील रहेको जनाइएको छ ।

आईएसपीआरले जारी गरेको विज्ञप्तिअनुसार बुधवार बाजौर र खैबरका आदिवासी जिल्लामा गरिएको त्यस्तै प्रकृतिको कारबाहीमा चार जना आतङ्कवादी मारिएका छन् । बाजौर जिल्लाको इनायत कल्ली क्षेत्रमा शफिउल्लाह नामक आतङ्कवादी रहेको आशङ्कामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ६ : १९ बजे

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो