सशस्त्र प्रहरी परिवार महिला सङ्घद्वारा सम्मान | Khabarhub Khabarhub

सशस्त्र प्रहरी परिवार महिला सङ्घद्वारा सम्मान


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा विभिन्न समाजसेवी संस्थालाई सम्मान प्रदान गरेको छ । आज यहाँ आयोजित समारोहमा सङ्घले मानव सेवामा योगदान पुर्याएबापत ललितपुरस्थित तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सुरु सुवेदी, पोखराको कोेपिला नेपालकी विना सिलवाल र रौतहटको माण्डवी संस्थाकी अन्जु झालाई सम्मान गरेको हो ।

ती संस्थाहरुले समाजका असहाय तथा गरिब दुःखीलाई आश्रय दिइ सेवा गरिरहेकाले उनीहरुको मानवीय सेवाका लागि सम्मान प्रदान गरिएको सङ्घले जनाएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ती संस्थाका प्रमुखहरूलाई सम्मान प्रदान गरिन् ।

सो अवसरमा उपप्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला सङ्घको सेवामुखी क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण गर्ने विभिन्न क्षेत्रका महानुभावहरुलाई कदरपत्र प्रदान गरेका हुन् ।

उनले सङ्घले बालक, बृद्धबृद्धा तथा नारी सशक्तिकरणको क्षेत्रमा मात्र नभई समग्र राज्यको शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखी सेवा मुलक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गरे।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम महिला हाफ म्याराथन दौड विजयी खेलाडीलगायत महिला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : २५ बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरायसी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण