सशस्त्र प्रहरी परिवार महिला सङ्घद्वारा सम्मान « Khabarhub

सशस्त्र प्रहरी परिवार महिला सङ्घद्वारा सम्मान


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सशस्त्र प्रहरी परिवार महिला सङ्घले आफ्नो २२ औँ स्थापना दिवसका अवसरमा विभिन्न समाजसेवी संस्थालाई सम्मान प्रदान गरेको छ । आज यहाँ आयोजित समारोहमा सङ्घले मानव सेवामा योगदान पुर्याएबापत ललितपुरस्थित तुलसादेवी हरिहर फाउन्डेसनका अध्यक्ष सुरु सुवेदी, पोखराको कोेपिला नेपालकी विना सिलवाल र रौतहटको माण्डवी संस्थाकी अन्जु झालाई सम्मान गरेको हो ।

ती संस्थाहरुले समाजका असहाय तथा गरिब दुःखीलाई आश्रय दिइ सेवा गरिरहेकाले उनीहरुको मानवीय सेवाका लागि सम्मान प्रदान गरिएको सङ्घले जनाएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ती संस्थाका प्रमुखहरूलाई सम्मान प्रदान गरिन् ।

सो अवसरमा उपप्रमुख डंगोलले सशस्त्र प्रहरी परिवार महिला सङ्घको सेवामुखी क्रियाकलापको साथै समाज सेवाको पवित्र कार्यमा आफ्नो जीवन समर्पण गर्ने विभिन्न क्षेत्रका महानुभावहरुलाई कदरपत्र प्रदान गरेका हुन् ।

उनले सङ्घले बालक, बृद्धबृद्धा तथा नारी सशक्तिकरणको क्षेत्रमा मात्र नभई समग्र राज्यको शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखी सेवा मुलक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गरे।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम महिला हाफ म्याराथन दौड विजयी खेलाडीलगायत महिला राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ८ : २५ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष