अमरनाथ यात्रा सुरु « Khabarhub

अमरनाथ यात्रा सुरु


१७ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरमा पवित्र तीर्थस्थल अमरनाथ यात्रा सुरु भएको छ ।

जम्मु कश्मीर प्रशासनले शनिबार बालटाल आधार शिविरबाट तीर्थयात्रीहरूको पहिलो समूहलाई बिदाई गरेसँगै औपचारिक रुपमा यात्रा सुरु भएको हो ।

जम्मु कश्मीरको अनन्तनाग क्षेत्रमा रहेको यस गुफामा भगवान् शिवको मन्दिर रहेको छ । १२ किलोमिटर दूरीको यस अमरनाथ यात्रालाई हिन्दू धर्ममा निकै महत्वपूर्ण मानिन्छ । १३ हजार फिटको उचाईमा अमरनाथ गुफामा रहेको मन्दिरसम्मको यात्रालाई निकै कष्टपूर्ण हुने बताइन्छ ।

यस तीर्थयात्रामा सहभागी भएमा दुःख, कष्ट र पापबाट छुटकारा मिल्ने जनविश्वास रहीआएको छ । ६२ दिने तीर्थयात्रालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था उच्च पारिएको जम्मु कश्मीरका अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : १७ असार २०८०, आइतबार  ९ : २२ बजे

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो