पाकिस्तानको पेशावरमा आपराधिक घटनामा १३६ प्रतिशतको वृद्धि | Khabarhub Khabarhub

पाकिस्तानको पेशावरमा आपराधिक घटनामा १३६ प्रतिशतको वृद्धि


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको पेशावर सहरमा सन् २०२३ को पहिलो पाँच महिनामा आपराधिक घटनामा १३६ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

प्रहरीको प्रतिवेदनलाई उद्धृत गर्दै अफगान डायस्पोरा नेटवर्कले जनाएअनुसार अघिल्लो वर्षको तुलनामा पेशावरमा आपराधिक घटनामा १३६ प्रतिशतले वृद्धि भएको हो ।

समाचारमा जनाइएअनुसार पेशावरमा हत्याका घटनामा उल्लेखनीय वृद्धि भएको छ । समाचारमा जनाइएअनुसार यस अवधिमा २३२ जनाको हत्या भएको छ । त्यसैगरी, पेशावरमा यस अवधिमा ३६० वटा हत्या प्रयासका घटना भएका छन् । डकैती र बलात्कारका घटना पनि पेशावरमा ह्वात्तै बढेको छ ।

यससँगै पेशावरका नगरबासी असुरक्षित महसुस गरिरहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

फितलो कानून कार्यान्वयन, भ्रष्टाचार, उच्च मुद्रास्फीति, लागूऔषध दुव्र्यसनजस्ता कारणले पेशावरमा अपराधका घटना बढ्दै गएको बताइएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ५३ बजे

माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै

काठमाडौं – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि

काठमाडौं– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु

जेन-जीको प्रदर्शनलाई बालेनको समर्थन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन शाहले भोलि हुन

एमालेको विधान महाधिवेशनस्थलमा अनेकथरी व्यापार (तस्बिरहरू)

काठमाडौं– तीन दिनदेखि जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थानीय