ललिता निवास जग्गा प्रकरणमा : बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा « Khabarhub

ललिता निवास जग्गा प्रकरणमा : बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले दायर गरेको रिटको पेसी हेर्न नभ्याइनेमा परेको हो ।

उक्त रिटको सुनुवाइका लागि मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको थियो ।

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ६ : ०२ बजे

जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

काठमाडौं– बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा

कार्यबाहक प्रमुख आयुक्त भण्डारीमाथि खनिए एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आयोगका कार्यबाहक प्रमुख

छोराको कुटपिटबाट बाबुको मृत्यु

त्रिवेणी– जिल्लाको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकको कुटपिटबाट

परम्परागत खेतीको विकल्पमा व्यावसायिक सुन्तलाखेती

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक

सुशासनमार्फत् जनतामा आशा जगाउन सरकार केन्द्रित छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति