भ्रष्टाचारको आरोप लागेका रामबहादुरले वकिलको कार्यालयबाटै हामफाले « Khabarhub

भ्रष्टाचारको आरोप लागेका रामबहादुरले वकिलको कार्यालयबाटै हामफाले


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर खेपिरहेका परीक्षा नियन्त्रण कार्यालयका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले आत्महत्या गरेका छन । उनले त्रिपुरेश्वरस्थित राधा भवनको ६ तलाबाट हामफालेर आत्महत्या गरेका हुन ।

त्रिपुरेश्वरस्थित राधा भवनबाट परिसरमा बिहीबार दिउँसो उनी मृत भेटिएको प्रहरीले जनाएको छ । भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा उनीसहित पनिकाका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही बिषयमा उनी वकिलसँग कुराकानी गर्न गएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ८ : २० बजे

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित