'हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान हुनुपर्छ' | Khabarhub Khabarhub

‘हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान हुनुपर्छ’


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घ लागि चीनका स्थायी प्रतिनिधिले हाइटीको राजनीतिक गतिरोध शीघ्र समाधान गर्नुपर्नेमा जोड दिँदै त्यहाँका जनताले गरेका निर्णयहरूको पूर्ण सम्मान हुनुपर्ने बताएका छन् ।

स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषद्को बैठकमा हाइटीको बिग्रँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ वैध, प्रभावकारी र जिम्मेवार सरकार बिना सङ्कट समाधान नहुने बताए । उनले कुनै पनि बाह्य प्रयासले समस्याको दिगो समाधान नहुने उल्लेख गर्दै हाइटीमा आधारभूत सुरक्षाको प्रत्याभूति अपरहार्य भएको बताए ।

हिंसात्मक गतिविधि अविलम्ब अन्त्य गर्न उनले सम्बद्ध पक्षलाई आह्वान पनि गरे । सामूहिक हिंसाको वृद्धिलाई रोक्न र सबैभन्दा आधारभूत सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्ने पूर्ण सुरक्षाको वातावरण सृजना गर्नु तथा आधारभूत मानवीय आवश्कताको आपूर्तिमा अवरोध हुन नहुने बताउँदै राजदूत झाङले राजनीतिक सङ्क्रमणको अन्त्यका निम्ति आवश्यक प्रक्रियालाई तत्काल अगाडि बढाउनुपर्ने सुझाव दिए ।

हतियारको तस्करी रोक्न तथा हाइटीका गिरोहहरूलाई तिनको पहुँचबाट विमुख बनाउन अन्तरराष्ट्रिय सुमदायले गम्भीर हुनुपर्नेमा चिनियाँ राजदूतले जोड दिए । कुनै पनि बाह्य सहयोग योजना हाइटी जनताको इच्छा र सहमतिमा आधारित हुनुपर्ने बताए ।

हाइटीमा दीर्घकालीन शान्ति, स्थायित्व र दिगो विकास हासिल गर्ने अन्तरराष्ट्रिय समुदायको प्रयासमा चीनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ४२ बजे

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म

गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई

लगातार दोस्रो पटक टी-२० विश्वकपमा पुग्यो नेपाल

काठमाडौं- नेपाली क्रिकेट टोली लगातार दोस्रो पटक टी-२० विश्वकप क्रिकेट

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण