मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेको आरोप « Khabarhub

मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेको आरोप


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

बारा- मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराकाे महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो ।

पीडितका बुबा मोतीलालप्रसाद गुप्ताले दिएको जानकारीअनुसार छोरी निशाकुमारीसँग महागढीमाई नगरपालिका-१० गन्जभवानीपुर बस्ने रामाधार साह कानुले ६ लाख रुपैयाँको कपाली तमसुक गरेर रकम लिएका थिए ।

‘अहिले कानुनले निशालाई मिटरब्याजी भनेर उजुरी दिएका छन्,’ । उनले भने, ‘तर प्रहरीले संलग्न नै नभएको घटनामा छोरा निरजलाई पक्राउ गरेको छ ।’

उजुरीकर्ता कानूले २०७५ श्रावण ३१ गते कपाली तमसुक गरेर रकम लिएका थिए । तर, कानूले प्रहरीलाई विभिन्न प्रलोभनमा पारी संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरेको गुप्ताले आरोप लगाए ।

अंशका बुबाले पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय बाराले गरेको ज्यादतिको बारेमा जानकारी दिएका हुन् । कपाली गरी लिएको रकम पटक पटक ताकेता गरी माग्दा पनि नदिएकोले जिल्ला अदालत बारामा आफूहरूले हालेको मुद्दा आफूहरूले जितेको उनले बताए ।

‘तर, सरकारले पछिल्लो समयमा मिटरब्याजीविरुद्ध अध्यादेश ल्याएपछि केही प्रहरीको मिलिमतोमा उल्टै संलग्न नै नभएको व्यक्तिलाई पक्राउ गरिएको छ,’  गुप्ताले सुनाए ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  २ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना