प्रधानमन्त्री पत्नी सीता दाहालको निधन « Khabarhub

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

उनको थापाथलीस्थित नर्भिक अस्पतालमा आज विहान ८ बजेर ३३ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि अस्वस्थ सीता दाहालको अवस्था तथ जटिल बनेपछि गएराति नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच, स्वर्गीय सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

माओवादी केन्द्रको सल्लाहकार समेत रहेकी सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट लामो समयदेखि पीडित थिइन् ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ३३ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६