पेरिसडाँडामा सीता दाहालप्रति श्रद्धाञ्जली (तस्बिरहरू) | Khabarhub Khabarhub

पेरिसडाँडामा सीता दाहालप्रति श्रद्धाञ्जली (तस्बिरहरू)


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालको पार्थिव शरीर पार्टी कार्यालय पेरिसडाँडा राखिएको छ ।

बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ ।

श्रद्धाञ्जली सभामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खीलराज रेग्मीसहित विभिन्न राजनीति दलका नेता कार्यकर्ता, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।

नर्भिक अस्पतालबाट दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालय लगिएको हो । हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १२ : ५९ बजे

नेपाल प्रहरीलाई अमेरिकी सहयोग

काठमाडौं– अमेरिकाले नेपाल प्रहरीलाई अनुसन्धान एवं तहकिकातका निम्ति उपकरण तथा

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली