बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु « Khabarhub

बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशमा डेंगुबाट एकै दिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।

मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेंगुका नयाँ बिरामी दर्ता भएका तथा  थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो ।

हाल डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार आठ सय ९७ पुगेको तथा ८३ जनाले ज्यान गुमाएका  महानिर्देशनालयले बताएको छ । यो वर्ष डेंगु सङ्क्रमितमध्ये ११ हजार पाँच सय ११ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

यो महिनामा मात्रै थप छ हजार नौ सय १९ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका तथा ३६ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  २ : १९ बजे

दक्षिणी युरोपमा डढेलोको कहर, ग्रिसमा विषाक्त धुवाँको चेतावनी

एथेन्स- पोर्चुगल, ग्रिस र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाने जोखिम

लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह

धनुषा– गणेशमान चारनाथ नगरपालिका–५ का सुरेश रायले वर्षौंदेखि एउटै जग्गामा

सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरण : दलित आयोग

काठमाडौं– राष्ट्रिय दलित आयोगले दलित समुदायको थर सूचीकरण लामो समयदेखि

सवारी दुर्घटनामा एक जनाको मृत्यु

गुल्मी– रेसुङ्गा नगरपालिका-८ गजुरास्थित सडकमा रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु.१ ज

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५