क्रिकेटबाट सन्न्यास लिँदै जिम्बाबेका खेलाडी राजाले भने–एक निर्णयले धेरैको करियर सिध्याउँछ « Khabarhub

क्रिकेटबाट सन्न्यास लिँदै जिम्बाबेका खेलाडी राजाले भने–एक निर्णयले धेरैको करियर सिध्याउँछ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –जिम्बाबे क्रिकेट टोलीका आक्रमक ब्याट्सम्यान सिकन्दर राजाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा एक भावुक ट्वीट लेख्दै राजाले सन्यासको घोषणा गरेका हुन् । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बाबे क्रिकेट संघमा सरकारले हस्तक्षप गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।

आईसीसीको नियमावलीको धारा २.४ को सी र डी का अनुसार जिम्बाबेलाई प्रतिबन्ध लगाएको आईसीसीका अध्यक्ष शशांक मनोहरले बताएका छन् ।

राजाले प्रतिबन्धले कयौं मानिसहरुको करियर ध्वस्त बनाएको र कयौंलाई बेरोजगार बनाएको उल्लेख गर्दै एउटै निर्णय कति शक्तिशाली छ भन्दै लेखेको छन् ।

‘कसरी एउटा निर्णयले टिमलाई कमजोर बनाउँछ ।
कसरी एउटा निर्णयले धेरै मानिसलाई बेरोजगार बनाउँछ
कसरी एउटा निर्णयले धेरै परिवारमा असर गर्छ,
कसरी एउटा निर्णयले धेरै करियरलाई समाप्त पार्छ,
‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट निश्चित रुपमा विदा लिन चाहेको थिइन।’

समर्थकहरुले उनको यस निर्णयलाई दुखद् भनेका छन् ।

राजाले नेपाली क्रिकेट टोलीविरुद्ध सन् २०१८ मा भएको आईसीसी विश्वकप छनोटमा आक्रमक ब्याटिङ गर्दै ६६ बलमा १ सय २३ रन बनाएका थिए । उक्त खेलमा नेपाल जिम्बाबेसँग १ सय १६ रनले पराजित भएको थियो ।

राजाले जिम्बाबेबाट खेलेका १२ टेस्ट खेलमा ८ सय १८ रन बनाएका छन् भने एकदिवसीय क्रिकेटमा २ हजार ५ सय १५ रन बनाउँदा २८ टि–२० खेलमा ३सय८२ रन बनाएका छन् ।

यस्तै फष्ट क्लास क्रिकेटमा खेलेका ५४ खेलमा ३ हजार २ सय सात रन बनाएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १२ : २८ बजे

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४