बुधबार नेप्से उकालो | Khabarhub Khabarhub

बुधबार नेप्से उकालो


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार नेप्से उकालो लागेको छ । बुधबार नेप्से परिसूचक २५.३१ विन्दुले बढेर २०९७.५५ अंकमा पुगेको छ । बुधबार ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बुधबार हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ ।

असार मसान्तको प्रभावका कारण बजार यसअघि केही दिन सुस्त र सामान्य रहेको थियो । तर, बुधबारबाट नेप्सेले फेरि गति लिने संकेत देखिएको छ । असार मसान्त नजिकिंदै गर्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अधिक तरलताकै कारण अन्तर बैंक ब्याजदर एक प्रतिशतकै लाइनमा आइसकेको छ ।

यस्तै, सीडी रेसियो पनि ८२ प्रतिशत हाराहारीमा झरिसकेको छ । यसको अर्थ वित्तीय प्रणालीमा तरलता निकै सहज भएको छ । यस दिन २८९ कम्पनीको ८५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै ३४ करोड रुपैयाँसहित कारोबारको शीर्ष स्थानमा शिवम् सिमेन्ट्स रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटल परेका छन् ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ०९ बजे

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा