एनभिए भलिबल : एपीएफविरुद्ध आर्मीको संघर्षपूर्ण जित « Khabarhub

एनभिए भलिबल : एपीएफविरुद्ध आर्मीको संघर्षपूर्ण जित


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौंमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–२ को सेटमा जित हात पारेको हो । खेलको पहिलो सेट २५–१८ ले एपीएफ विजयी भएको थियो भने एपीएफले दोस्रो सेट १६–२५ ले गुमाएको थियो । तेस्रो सेट एपीएफले २६–२४ ले जितेको थियो । चौथो सेट आर्मीले २८–२६ ले जितेको थियो भने पाचौ तथा निर्णायक सेट १७–१५ ले जित्दै आर्मीले महत्वपुर्ण २ अंक पाउन सफल भयो । आर्मीको यो लगातार चौथो जित हो । एपीएफ भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो ।

त्यस्तै बुधबार नै भएको अर्को खेलमा टिपटप हेल्प नेपालले पुलिसमाथि ३–२ को सेटमा जित हासिल गरेको छ । हेल्प नेपालले २५–२०, २०–२५, ३०–२८, १८–२५ र २४–२२ को सेटमा पुलिसलाई हराएको हो ।

त्यस्तै बुधबारको अर्को खेलमा शैलुङ्ग बागढुंङ्गा स्पोर्ट्स क्लबले दावाली मिलनमाथि रोमान्चक जित हात पारेको छ । फाइनल दौडबाट बाहिरी सकेको शैलुङ्गले दावालीलाई हराउँदै पहिलो जित हात पारेको हो । शैलुङ्गले २५–१९, १४–२५, २२–२५, २५–२१ र १५–१३ को सेटमा जित हात पारेको हो ।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । फाइनल खेल असार ३० गते शनिबार हुनेछ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ८ : ०८ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर