युद्ध रोक्न मागसहित रुसी राजदूतावासअगाडि प्रदर्शन « Khabarhub

युद्ध रोक्न मागसहित रुसी राजदूतावासअगाडि प्रदर्शन


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले युक्रेनमा तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौँस्थित रुसी राजदूतावासअगाडि प्रदर्शन गरेको छ ।

रुस–युक्रेन युद्धको ५०५ औँ दिन पुग्दा पनि युद्ध नरोकिएको भन्दै समाजले युद्ध रोक्न आग्रह गर्दै रुसी राजदूतावासअगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले रुस : तत्काल युद्ध अन्त्य गर, युद्धको ५०५ दिन : मानवता पराजित, रुसी आक्रमण बन्द गर, युद्धको ५०५ दिन : इतिहास लज्जित, रुसी आक्रमणका कारण हजारौ नागरिकको मृत्यु, मानवता पराजित हुँदैछ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपश्चात रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावास अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो ।

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले युद्धका कारण मानवता पराजित भइरहेको दुखद अनुभव भएको र यसले समग्र विश्वमा नै असर परेकाले ध्यानाकर्षण गरिएको बताए ।

रुसलाई युद्ध रोक्न आग्रहसहित समाजले विगतमा पनि रुसी राजदूतावासअगाडि पटक पटक र देशभरी धेरै पटक प्रदर्शन गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ३ : २८ बजे

विवाद, राजनीति र व्यापारका बीच सकियो विश्वकप: भर्डेको चमत्कारदेखि ट्रम्पको हस्तक्षेपसम्म

काठमाडौँ – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिका, मेक्सिको र क्यानडाले

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी– गत आर्थिक वर्ष (आव)मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को