सर्पले मान्छेलाई टोक्यो, मान्छेले पनि सर्पलाई टोके « Khabarhub

सर्पले मान्छेलाई टोक्यो, मान्छेले पनि सर्पलाई टोके


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई सर्पले डस्यो भने के गर्नुहुन्छ ? आम मानिसले दिने सोझो उत्तर हुन्छ, उपचार गर्छु । तर, केही यस्ता मानिस पनि हुन्छन्, जसले आफूलाई टोक्ने सर्पसँग बदला लिने पनि सोच्छन् ।

एउटा यस्तै, सुन्दा पनि अचम्म लाग्ने घटना भारतीय गुजराँतको महीसागर जिल्लाअन्तर्गत सन्तरामपुर तहसील गाउँमा घटेको छ ।

सन्तरामपुरका ६० वर्षीय पर्वत गाला नामका बृद्धलाई सर्पले डसेको थियो । सर्पले डसेर आक्रोसित बनेका पर्वतले उल्टै सर्पलाई टोकिदिए ।

स्थानीयका अनुसार पर्वतले आफूलाई डस्ने सर्पलाई समातेर उसको टाउको डाँतले चपाइदिएका थिए । पर्वतको टोकाइबाट शरीरभरि विष फैलिएपछि एकछिनमै सर्प म¥यो ।

सर्पको डसाइबाट पर्वतको शरीरमा पनि जहर फैलिएको थियो । सर्प मरेको केही बेरमै पर्वतको पनि मृत्यु भयो ।

स्थानीयले पर्वतलाई अस्पताल पु¥याएका थिए । तर, चिकित्सकहरुले उनलाई मृत घोषित गरिदिए ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : १८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी