किन लाग्छ रिँगटा ? | Khabarhub Khabarhub

किन लाग्छ रिँगटा ?

यो गम्भीर रोगको संकेत हुनसक्छ


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय हरेक मानिसमा रिँगटा लाग्ने समस्या बढ्दो छ। जसको मुखबाट पनि मलाई त कस्तो रिँगटा लाग्यो भन्ने गरेको सुनिन्छ। नेपाली समाजमा रिँगटा लाग्दा कमजोरीको कारणले लागेको हो भनेर पनि बुझ्ने गरिन्छ। धेरैले रिँगटा लाग्नुलाई सामान्यरुपमा लिने गर्दछन्। तर यो गम्भीर रोगको कारण पनि हुनसक्छ। त्यसैले रिँगटालाई हेलचक्र्याइँ गर्नुको सट्टा यसको बेलैमा उपचार र कारण पत्ता लगाउनु आवश्यक हुन्छ। तर विभिन्न कामको चाप र शरीरको विभिन्न अङ्गमा समस्या हुँदा पनि रिँगटा लाग्ने गर्छ। कान, रक्तचाप, मधुमेह लगायतका कारण पनि रिँगटा लाग्ने समस्या बढ्ने गरेको डाक्टर बताउँछन्। रिँगटा लाग्ने समस्या कस्तो हो ? रिँगटा लाग्दा के गर्ने, के नगर्नेलगायतका विषयमा आधारित रहेर खबरहबका लागि नाक, कान, घाँटी रोग विशेषज्ञ डा.संज्ञा पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंशः

रिँगटा लाग्ने समस्यालाई कसरी बुझ्ने ?
मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारणले रिँगटा लाग्छ। कसैलाई खाना नखाएर, कसैलाई प्रेसर बढी या कम भएर धेरै भएर रिँगटा लाग्न सक्छ। रिँगटा लाग्दा पृथ्वी वा आफू घुमेको जस्तो अनुभव हुन्छ। शरीरको टाउको, आँखा, मांसपेशी केहीमा समस्या भयो भने हामीलाई रिँगटा लाग्छ। कानको समस्याका कारण रिँगटा लागेको हुन्छ। सय जनालाई रिँगटा लाग्यो भने २० प्रतिशतलाई टाउकोको कारणले लागेको हुन्छ। ८० प्रतिशतलाई कानको कारणले रिँगटा लाग्छ। सय जना कानको बिरामी भए ८० जनालाई कानको कारणले रिँगटा लाग्छ।

के कारणले लाग्छ रिँगटा ?
रिँगटा लाग्नुको प्रमुख कारणमा शरीरमा रक्तसञ्चारको कमी हुनु हो। रक्तचाप, एनिमिया रोग भएर शरीरमा रगतको कमी हुनु, ब्लडप्रेसरमा कमी र बेसी हुँदासमेत यो समस्या हुन्छ। अत्यधिक शारीरिक या मानसिक थकान हुनु, भयभित हुनु, मानसिक तनावमा रहनु, टाउकोमा कुनै प्रकारको चोट लागेमासमेत रिँगटा चल्ने हुन्छ। हर्ट ब्लोकेज तथा मुटुको धड्कनमा समस्या आउनु, आँखाको दृष्टि कमजोर हुनु पनि रिँगटा लाग्नुको कारण हुनसक्छ। नशा फाट्नु, ब्रेन ट्युमर हुनु, एलोप्याथिक औषधिको साइड इफेक्ट्सका साथै एलर्जी हुनुका साथ रिँगटा लाग्ने हुनसक्छ। कतिपयलाई धेरै समय भोको बस्दा वा ब्रत बस्दासमेत रिँगटा लाग्ने हुन्छ। ग्यास्ट्रिक समस्या उत्पन्न भएर रिँगटा लाग्नु, रक्सीजस्तो नशा लाग्ने पेय पदार्थ धेरै खानु, शरीरबाट कुनै कारणवश रगत बढी बगेमासमेत रिँगटा लाग्ने हुन्छ। पखाला तथा बान्ताबाट अत्यधिक फ्लुड बाहिर निस्कनु लगायतका कारणबाट रिँगटा लाग्छ। यो सबै उमेर समूहमा लाग्छ। विशेष गरी वृद्धहरूमा उमेरसँगसँगै शरीरको तन्तुहरू कमजोर हुँदै जान्छ र कानको तन्तु पनि कमजोर हुँदै जान्छ।

रिँगटा लाग्नुका लक्षणहरू के के हुन् ?
रिँगटा लाग्दा कानमा एक किसिमको आवाज आउनु, कमजोरीको अनुभव हुनु र चक्कर लागेर लड्ने समस्या हुन्छ। शरीरमा शून्यता महसुस हुनुका साथै उल्टी आउनु, आँखाको अगाडि अँध्यारो छाउनु, टाउको घुमेको जस्तो अनुभव हुने आँखा खोल्न नहुने अनुहार पहेँलो, फिक्का तथा शरीर चिसो हुने लगायतका लक्षणहरू देखा पर्छन्।

कानका कारण रिँगटा लाग्ने समस्या कस्तो हो ?
हाम्रो कानभित्र मसिनो क्याल्सियमको कर्णहरू हुनुपर्ने ठाउँ भन्दा फरक ठाउँमा सर्छ। त्यसले गर्दा टाउको यताउता फर्काउँदा सुत्दा फनफन हुने हुन्छ। एक छिन रोक्छ, फेरि हुन्छ। यो समयमा उपचार गर्याे भने आजको भोलि नै निको हुन्छ। नत्र यो समस्या सधैँ रहन्छ।

यस्तो समस्या हुँदा कस्तो खाना खाने त ?
माइग्रेनको लागि कोल्ड्रिकहरु र ज्यादा नुन खानु हुँदैन। खाली पेट नबस्ने, समय समयमा केही खाने कुरा खाइरहनु पर्छ। माछा, मासु खाने, गेडागुडी खाने, चकलेट धेरै नखानु राम्रो हुन्छ। ब्लड सुगर लो हुँदा चकलेट खाँदा सुगरको मात्रा रगतमा छिटो बढाउँछ। त्यसले क्षणिक रूपमा आनन्द गराउन चकलेट खाए पनि त्यसपछि अरु खाना खाएर लेबलमा ल्याउनु पर्दछ।

यो समस्या भएपछि के गर्ने त ?
यसको लागि सबैले स्वस्थ जीवन बिताउने, बिहानको ४० मिनेट व्यायाम गर्ने, बुढाबुढीले पनि नियमित व्यायाम गर्ने, स्वस्थ मिलाएर खाना खाने, प्रशस्त मात्रामा सुत्ने, मोबाइल टिभीको प्रयोग कम गर्नुपर्छ। हामीले नाकको समस्या कानको समस्या अरु समस्यामा ख्याल गरेर धुँलो धुवाबाट बच्न सक्यौँ भने सानो कुराबाट ठूलो परिणाम भोग्नु पर्दैन। चिया, कफी, बिंडी, सिगरेट, गुट्खा, खैनी, तम्बाकु तथा रक्सीको सेवन नगर्ने, धेरै बेरसम्म एउटै वस्तुलाई हेरेर बस्नु हुँदैन। यो समस्या हुनेले खोला तर्न छोडिदिने, कठिन शारीरिक या मानसिक परिश्रम नगर्ने, अग्लो, होचो तथा अँध्यारो, चिप्लो बाटोमा नहिड्नु राम्रो हुन्छ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ६ : ५८ बजे

गिल र पन्तको शतकमा बङ्गलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौं- भारतले बङ्गलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य

अमेरिकी राष्ट्रपति र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता

एजेनसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर २० मा डेलावेयरको विल्मिङ्टनमा

चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा

काठमाडौं–  चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै

मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी– मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको

इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

एजेन्सी– लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु