जनमत पार्टीको केन्द्रीय समिति विस्तार « Khabarhub

जनमत पार्टीको केन्द्रीय समिति विस्तार


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए ।

उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् ।यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ ।

पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ । यसैगरी डा शरद्सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ५ : ४० बजे

‘प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफ माग्न बोलाएका हौँ’

काठमाडौं- प्रधानमन्त्रीलाई अनुहार हेर्न र भाषण गर्न नबोलाएको प्रतिपक्षी दल

विपक्षीको अवरोधपछि सभामुखले १५ मिनेटका लागि रोके बैठक

काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले

पुरानो रिसइबीका कारण नुवाकोटमा दाजुभाइको हत्या, ६ जना समातिए

काठमाडौं – नुवाकोटमा दुईजना दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई

विपक्षीद्वारा पुनः सदन अवरुद्ध

काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदले राखेको प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम