अनुसन्धानमा कुनै हस्तक्षेप छैन : गृहमन्त्री « Khabarhub

अनुसन्धानमा कुनै हस्तक्षेप छैन : गृहमन्त्री


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सबैखाले बेथिति, विकृति र भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् । 

आज चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको र प्रहरीलाई अनुसन्धान प्रक्रियामा स्वतन्त्र छाडेको स्पष्ट पारे ।

गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने बताए । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

सरकारले अहिले नक्कली भुटानी शरणार्थी, ललिता निवास तथा मिटरब्याज प्रकरणमा विशेष प्राथमिकताका साथ अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १२ : ५३ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ३ लाख मुनि झरेको

खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत

खोटाङ– खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा

कीर्तिमानी १०० औँ टी-२० खेलमा हङकङसँग फाइनल खेल्दै दीपेन्द्रसिंह ऐरी

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सोमबार

माइतीघरमा जनमत पार्टीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ– जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग

शिवपुरी राष्ट्रिय निकुञ्जस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापन जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’लाई

काठमाडौँ– शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द