पञ्जाबका १४ जिल्ला बाढीको चपेटामा « Khabarhub

पञ्जाबका १४ जिल्ला बाढीको चपेटामा


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चण्डीगढ– पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नु परेको छ । सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९ गाउँ बाढीबाट प्रभावित भएका छन् । 

हाल, बाढीको प्रकोपको सामना गर्ने १४ जिल्लाहरूमा पटियाला, जालन्धर, कपुरथला, पठानकोट, तरनतारन, फिरोजपुर, फतेहगढ साहिब, फरीदकोट, होशियारपुर, रूपनगर, मोगा, लुधियाना, मोहालीसंगरूर समावेश छन्। 

अर्कोतर्फ मुख्यमन्त्री भगवन्त मानसहित धेरै मन्त्रीहरूले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । विपद् व्यवस्थापन मन्त्री ब्रमशंकर जिम्पाले मोहाली जिल्लाका करिब एक दर्जन बाढी प्रभावित क्षेत्रको भ्रमण गर्दा जलस्रोत मन्त्री गुरमीत सिंह मीत हेयरले पनि डेराबस्सी क्षेत्रको बाढीको अवस्थाबारे जानकारी लिएका थिए । 

प्रदेश सरकारका प्रवक्ताका अनुसार बाढी प्रभावित २ हजार ७६४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही क्षेत्रमा बाढीको स्थितिमा सुधार आएपछि राहत शिविरको संख्या १८३ बाट घटाएर १६१ पुगेको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य विभागले र्‍यापिड रेस्पोन्स टोलीको संख्या ३१५ बाट ४०९ पुर्‍याएको छ भने मेडिकल शिविरको संख्या पनि १८६ बाट २५२ पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा १ हजार ७ सय ३० जनावरको उपचार र ७ हजार २ सय ५५ जनावरलाई खोप लगाइएको पशुपालन विभागले जनाएको छ । यसबाहेक, अधिकांश जिल्लाहरूले आफ्नो एचएस खोप अभियान सम्पन्न भएको छ । राहत कार्यमा खटिएका टोलीले विपन्न जनावरलाई उपचार, दाना आपूर्ति र घाँस आदि उपलब्ध गराउन अहोरात्र खटिरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खाद्यान्नका प्याकेटहरू निरन्तर वितरण भइरहेका छन् । हालसम्म पटियाला (३७ हजार)रुपनगरमा (१८९३०) गरी ५७ हजारभन्दा बढी खानाका प्याकेट वितरण भइसकेका छन् ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  २ : २९ बजे

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका

काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री