कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ « Khabarhub

कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका (ङ) गाउँबाट पुनर्वास-५ का २८ वर्षीय कृष्ण प्रसाद बडुसहित दुईजनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई ५४० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डि.कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस्तै बेलौरी नगरपालिका-१० सडकघाटबाट दोधारा चाँदनीनगरपालिका वडा नम्वर-५ का २१ वर्षीय मनिष भण्डारीसहित तीनजनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई ३३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा लागूऔषधसहित एकथान मोटरसाईकलसमेत पक्राउ गरी उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ४ : ४५ बजे

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी