हामी जति बिकाउ भए पनि, आत्माले आफूलाई बेच्दैन : बालेन | Khabarhub Khabarhub

हामी जति बिकाउ भए पनि, आत्माले आफूलाई बेच्दैन : बालेन


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कवितात्मक शैलीमा बिकाऊ नहुन आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक कविता लेख्दै बालेनले हामी जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने कुरा उल्लेख गरेका हुन् ।

उनले इतिहास लेख्ने तर गल्ती नमेट्ने बताएका छन् । उनी लेख्छन्,‘ एकदिन हातले मनको कुरा लेख्दैन, इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ।’

यस्तो छ उनको कविता:

हामी मनुष्यलाई एकदिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर बिर्सिनु पनि त सही छैन

एकदिन यो पाऊले धर्ती टेक्दैन,
एकदिन यो शरीरले हुरी छेक्दैन,
एकदिन यो आँखाले संसार देख्दैन,
एकदिन हातले मनको कुरा लेख्दैन,
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,
एकदिन,
हामी जति बिकाऊ भए पनि,
आत्माले आफू बेच्दैन।।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ९ : २१ बजे

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता

म्यानमाको राखिनमा हवाई आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी – म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा

गुडिरहेको अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

नवलपरासी – देवचुली नगरपालिका-६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा