हामी जति बिकाउ भए पनि, आत्माले आफूलाई बेच्दैन : बालेन « Khabarhub

हामी जति बिकाउ भए पनि, आत्माले आफूलाई बेच्दैन : बालेन


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कवितात्मक शैलीमा बिकाऊ नहुन आग्रह गरेका छन् । शनिबार सामाजिक सञ्जालमा एक कविता लेख्दै बालेनले हामी जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने कुरा उल्लेख गरेका हुन् ।

उनले इतिहास लेख्ने तर गल्ती नमेट्ने बताएका छन् । उनी लेख्छन्,‘ एकदिन हातले मनको कुरा लेख्दैन, इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ।’

यस्तो छ उनको कविता:

हामी मनुष्यलाई एकदिन मर्नुपर्छ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन
तर बिर्सिनु पनि त सही छैन

एकदिन यो पाऊले धर्ती टेक्दैन,
एकदिन यो शरीरले हुरी छेक्दैन,
एकदिन यो आँखाले संसार देख्दैन,
एकदिन हातले मनको कुरा लेख्दैन,
इतिहास लेख्छौँ, तर गल्ती मेट्दैन,
एकदिन,
हामी जति बिकाऊ भए पनि,
आत्माले आफू बेच्दैन।।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ९ : २१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार