दलाई लामाको योगदानबारे श्रीलंकामा बौद्धिक गोष्ठी सम्पन्न | Khabarhub Khabarhub

दलाई लामाको योगदानबारे श्रीलंकामा बौद्धिक गोष्ठी सम्पन्न


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकामा तिब्बती धर्मगुरु दलाई लामाको योगदानबारे बौद्धिक गोष्ठी आयोजना गरिएको छ । श्रीलंकाको केलान्या विश्वविद्यालयले लामाको योगदानबारे गोष्ठी आयोजना गरेको हो ।

धर्मगुरु लामाको ८८ औँ जन्मदिनको उपलक्ष्यमा विश्वविद्यालयको मानविकी, समाजशास्त्र एवम् बौद्ध तथा पाली संकायले गोष्ठीको आयोजना गरेको हो ।

सतिपत्थ्यना अखबारका अनुसार लामा तिब्बतीहरुका आध्यात्मिक एवम् धार्मिक गुरु हुन् । बौद्ध धर्मबारे उनले १ सयभन्दा धेरै पुस्तक लेखिसकेका छन् । उनलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

सन् १९३५ मा ल्हामो धोन्दुपका रुपमा तिब्बतको टाकेस्टरमा जन्मेका उनलाई १३ औँ दलाई लामाको पुनर्जन्मका रुपमा १४ औँ दलाई लामा घोषित गरिएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ४ : ५० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आश्विन कृष्ण पक्षः आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन कृष्ण

आज २०८२ साल भदौ २३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २३ गते सोमबार। आश्विन

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु