बङ्गलादेशमा अस्पताल भर्ना हुने डेङ्गुका बिरामीको सङ्ख्या एघार हजार नाघ्यो « Khabarhub

बङ्गलादेशमा अस्पताल भर्ना हुने डेङ्गुका बिरामीको सङ्ख्या एघार हजार नाघ्यो


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा एघार हजारभन्दा बढी डेङ्गुका बिरामी अस्पताल भर्ना भएका छन् । शनिबार अपराह्नसम्म देशमा एघार हजार चार सय ७६ जना बिरामी अस्पताल भर्ना भएका त्यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

डेङ्गुबाट गत बुधबार र शनिबार एकैदिन सात जनाको मृत्यु भएको छ । एकै दिन भएको मृत्युको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । हालसम्म एक सय जनाको मृत्यु भएको छ ।

गत मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो । हाल डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार चार सय ५४ पुगेको तथा एक सय  जनाले ज्यान गुमाएका महानिर्देशनालयले बताएको छ । यो वर्ष डेङ्गु सङ्क्रमितमध्ये १२ हजार पाँच सय १९ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

यो महिनामा मात्रै थप आठ हजार तीन सय १६ जना डेङ्गुका नयाँ सङ्क्रमित फेला परेका तथा ५४ जनाको मृत्यु भएको बताउँदै महानिर्देशनालयले पुगेको लामखुट्टेको टोकाइबाट सर्ने यो रोगबाट बच्न आवश्यक उपाय अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ५ : ०० बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि