भरुवा बन्दुकसहित गोरखाबाट तीन जना पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित गोरखाबाट तीन जना पक्राउ


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

गोरखा– तीन थान भरुवा बन्दुकसहित प्रहरीले गोरखाबाट तीन जालाई पक्राउ गरेको छ ।

सहिद लखन गाउँपालिका-९ नामजुङबाट तीन जनालाई बन्दुकसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । नामजुङका २४ वर्षीय सन्दीप भुजेल, ३३ वर्षीय पर्वतबाबु थापा र ४८ वर्षीय कुलबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । 

अवैध रुपमा लुकाइछिपाइ भरुवा बन्दुक राखेको सूचनाको आधारमा घर खनतलासी गर्दा १-१ थान भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखका डीएसपी रमेशकुमार श्रेष्ठले बताए ।

 भरुवा बन्दुकसहित पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालत गोरखामा हातहतियार तथा खरखजना कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : २२ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय