पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरमा ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका ७ बजे फिदिमबाट ताप्लेजुङतर्फ सिमेन्ट बोकेर जाँदै गरेको ना२ख ९२१५ नम्बरको ट्रक मेची राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा ट्रकमा सवार ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी सहायक निरीक्षक उपेन्द्रप्रसाद यादवको नेतृत्वमा गएको प्रहरी टोलीले दुर्घटनामा परेका चालक तथा सवारी धनी ४५ वर्षीय पारसमणि थापा‚ ट्रकमा सवार ३१ वर्षीय जीवन गदाइली र तामाङलाई उद्धार गरेको थियो ।

उद्धारपछि अस्पताल पुर्‍याइएका उनीहरूमध्ये तामाङलाई चिकित्सकले मृत घोषित गरेका थिए । थप दुईको अवस्था पनि गम्भीर रहेको र उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ४८ बजे

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले

जेन-जी आन्दोलनपछि बदलिएका काठमाडौंका पर्खाल र भित्ताहरू (फोटो फिचर)

काठमाडौं– गत भदौ २३ र २४ गते देशव्यापी रुपमा नयाँ