पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु


३१ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरमा ट्रक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका ७ बजे फिदिमबाट ताप्लेजुङतर्फ सिमेन्ट बोकेर जाँदै गरेको ना२ख ९२१५ नम्बरको ट्रक मेची राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा ट्रकमा सवार ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी सहायक निरीक्षक उपेन्द्रप्रसाद यादवको नेतृत्वमा गएको प्रहरी टोलीले दुर्घटनामा परेका चालक तथा सवारी धनी ४५ वर्षीय पारसमणि थापा‚ ट्रकमा सवार ३१ वर्षीय जीवन गदाइली र तामाङलाई उद्धार गरेको थियो ।

उद्धारपछि अस्पताल पुर्‍याइएका उनीहरूमध्ये तामाङलाई चिकित्सकले मृत घोषित गरेका थिए । थप दुईको अवस्था पनि गम्भीर रहेको र उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ८ : ४८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी