कर्णाली प्रदेशमा आज साउने सङ्क्रान्तिको सार्वजनिक बिदा | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा आज साउने सङ्क्रान्तिको सार्वजनिक बिदा


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा आज प्रदशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशभित्रका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।

कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने सङ्क्रान्ति अर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाइँदै छ ।

बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रुपमा मनाइने यो पर्वमा आज कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ ।

त्यस्तै, यहाँका नागरिकको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवन तथा सुशासनबारे लय, गीत र शारीरिक हाउभाउबाट प्रकट गर्न मनोरञ्जनात्मक तवरले खेलिने देउडा सुर्खेत वीरेन्द्रनगर र जुम्ला खलङ्गामा विशेष कार्यक्रमका साथ सम्पन्न हुने कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले जानकारी दिए ।

वीरेन्द्रनगरमा हरेक महिनाको १ र १५ गते देउडा खेल्ने सांस्कृतिक प्रचलन रहिआएको छ । यहाँस्थित घण्टाघर नजिक आज साँझ ७ बजे राँको बाल्ने र लुतो फाल्ने कार्यक्रम रहेको जुम्ली एकता सेवा समाज सुर्खेतका अध्यक्ष अमृत पाण्डेले बताए ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ९ : ०० बजे

पत्रमा हस्ताक्षर नहुँदा राेकियाे रवि र छविको मुद्दामा सुनुवाइ, अदालतले माग्यो कारण

काठमाडौं – सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दामा

जनकपुर भन्सारबाट ३४ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन

जनकपुरधाम– जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म ३४ करोड

कर्णाली प्रदेशको बेरुजु फर्छ्यौट सुध्रियो

सुर्खेत– महालेखापरीक्षकको सातौँ वार्षिक प्रतिवेदन, २०८२ अनुसार २०७५ साल यता

हवाई सेवा र नागरिक उड्डयन विधेयक दफावार छलफलका लागि विषयगत समितिमा

काठमाडौं– प्रतिनिधिसभाले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल

‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले जनतामा देखिएको