विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीको, गोदावरी नगरपालिका-१ मनहेरास्थित ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित सोही ग्यारेजमा काम गर्ने ३० वर्षीय असलम अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

टीकापुर नगरपालिका-८ कर्मिडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १९ मिलिग्राम प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले से.३ प ३१८ नम्बरको मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारी जाँच गर्दा मल्टिप्लकभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ बरामद गरेको हो । 

बर्दियाको मधुवन नगरपालिका-९ गाउँ नम्बर १२ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ४० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय समिर गुरुङ र सोही नगरपालिका-८ गाउँ नम्बर ६ बस्ने २९ वर्षीय जीवन खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

सुनसरीको इटहरी उपमहानगरपालिका-७ बस्ने दीपक बिक्रम साह समेत ४ जनालाई अवैध लागूऔषध गाँजा १ कोलो ५ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।  दिपकको घरमा लागूऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा काशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाँजा बिक्री गर्दै गरेका दीपक र खरिद गर्न आएका अन्य ३ जना समेतलाई पक्राउ गरेको हो । 

मोरङको विराटनगर महानगरपालिका-५ विशाल चोक बस्ने ४२ वर्षीया मिना देवी साहलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ५० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा बरामद गरी उनलाई पक्राउ गरेको हो । हाल फरार उनकै श्रीमान दिनेश साहको प्रहरीले खोजी गरिरहेको छ ।  

सुर्खेत, भेरी गंगा नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका-२ बस्ने ३० वर्षीय दिपेन्द्र रोकाय समेत २ जनालाई प्रहरीले पक्राउ गरेको  छ । अस्थाई प्रहरी पोष्ट बबईबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.५ प २८६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ३ : ०४ बजे

इरानको तेहरान छाड्न स्थानीयलाई ट्रम्पको सुझाव

काठमाडौं – इरान र इजरायलको युद्ध बढ्दै गएपछि अमेरिकी राष्ट्रपति

क्लब विश्वकप : लस एन्जलसमाथि चेल्सीको सानदार जित

काठमाडौं – फिफा क्लब विश्वकपको समूह ‘डी’को खेलमा चेल्सी विजयी

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार

आज २०८२ साल असार ३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३ गते मंगलबार। असार