पहिलो पटक भुटानी विद्यार्थीलाई जापानमा छात्रवृत्ति « Khabarhub

पहिलो पटक भुटानी विद्यार्थीलाई जापानमा छात्रवृत्ति


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

थिम्पु- जापानले पहिलो पटक भुटानी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । भुटानको शाही सार्वजनिक सेवा आयोगले जापानको लोक कल्याण एवम् स्वास्थ्य विश्वविद्यालयले यसबारे हस्ताक्षर गरेको भुटान लाइभले जनाएको छ ।

यस सम्झौताअनुसार भुटानी विद्यार्थीलाई विश्वविद्यालयले ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।

अन्य दक्षिण एसियाली देशलाई लामो समयदेखि छात्रवृत्ति प्रदान गर्दै आएको जापानले यसपटक भुटानलाई पनि सहायताको सूचीमा यसपटक समावेश गरेको छ । शैक्षिक आदानप्रदान र अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिने जापान सरकारको नीतिअनुसार भुटानी विद्यार्थीहरूका लागि मात्र छात्रवृत्तिको व्यवस्था गरिएको बताइएको छ ।

छात्रवृत्ति कार्यक्रमले जापान र भुटानबीचको सांस्कृतिक समझदारी प्रवर्द्धनका साथै भुटान र जापानबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

यसले स्वास्थ्य सेवाको क्षेत्रमा अन्तर–सांस्कृतिक संवाद र सहयोगलाई बढावा दिनेछ विश्वास भुटान सरकारले गरेको छ । भुटानले आफ्नो स्वास्थ्य सेवा क्षेत्रको विकासलाई प्राथमिकता दिएकामा त्यसको प्रशंसा गर्दै जापान सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १ : ०५ बजे

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय