जापान लैजाँदै गरेको साढे चार किलो आइस ड्रग्ससहित पोर्चुगिज पक्राउ « Khabarhub

जापान लैजाँदै गरेको साढे चार किलो आइस ड्रग्ससहित पोर्चुगिज पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ४ किलो आइस ड्रग्ससहित एक पोर्चुगिज नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट दिल्ली हुँदै जापान जान लागेका उनलाई प्रहरीले विमानस्थलको चेकजाँच कक्षबाट पक्राउ गरेको हो । शुक्रबार दिउँसो इन्डियन एयरबाट उनी दिल्ली हुँदै जापान जान लागेका थिए ।

२५ वर्षीय मेन्डिज पेरिरा टिआगोलाई प्रहरीले आइस ड्रग्ससहित पक्राउ गरेको हो । उनका साथबाट प्रहरीले ४ किलो ३८० ग्राम आइस ड्रग्स बरामद गरेको प्रहरीले जनाएको छ ।

ती पोचुगिजले मोबाइल, पर्स र मोबाइल कभरका बट्टामा फल्स बटन बनाई सो परिणामको आइस एम्फेटामाइन नामक ड्रग्स लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

अन्तर्राष्ट्रिय बजारमा करोडौं मूल्य पर्ने ड्रग्स मेन्डिजले कहाँबाट ल्याए र उनलाइ कसले दियो ? भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ६ : ४८ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश

४५ वर्षदेखि भाँडाको भारी बोकेर घुम्ती व्यापार

म्याग्दी– सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ २०३७ देखि भाँडाको भारी