जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री « Khabarhub

जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा निर्दोष नफस्ने र दोषी नछुट्ने गरि कारवाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्रुटि एउटाले गर्ने र आरोप अर्कोलाई लाग्ने गरेको गुनासोलाई सम्बोधन गर्दै निर्दोष नफस्ने र दोषी नछुट्ने गरि केही ऐन र नियमावलीमा सुधार गर्ने बताएका हुन् ।

वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।  उनले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्नेमा जोड दिए ।

हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजनाहरू समयमा नै सुरु गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्न इन्जिनियरको भूमिका अपरिहार्य उनको भनाइ छ । 

विकासका लागि सरकारसँग स्रोत कम रहेले निजी क्षेत्रको लगानी आवश्यक देखिएको भन्दै प्रधानमन्त्री प्रचण्डले आन्तरिक राजश्व तथा लगानी बढ्ने र आर्थिक अवस्थामा सुधार ल्याउन आफ लागि परेको धारणा राखे । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १ : १९ बजे

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी

जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा

शान्ति सम्झौता गर्ने आशामा दूत विटकफलाई मस्को पठाउने ट्रम्पको तयारी

वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई

मधेसमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका

टस हारेर विराटनगरविरुद्ध पहिला ब्याटिङ चितवन गर्दै 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर