अल्जेरिया सवारी दुर्घटनामा परी ३४ जनाको मृत्यु « Khabarhub

अल्जेरिया सवारी दुर्घटनामा परी ३४ जनाको मृत्यु


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

अल्जियर्स– अल्जेरियाको दक्षिणी भागमा आज बिहान यात्रुवाहक एउटा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । 

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवीसथत तामनरासेट शहरमा यात्रुवाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा उक्त हताहति भएको उद्धारमा संलग्न एक अधिकारीले बताएका छन् । दुई वटा सवारी साधन ठोक्किँदा बसमा आगो लागेको थियो । उद्धारकर्मीहरूले जलेका केही लाश निकालेका छन् । 

दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा तीन हजार चार सय नौ जनाको ज्यान गएको तथा ३० हजारभन्दा बढी घाइते भएको सडक सुरक्षासम्बन्धी सरकारी निकायले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ४ : ४९ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु