वीरगञ्जबाट लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

वीरगञ्जबाट लागूऔषधसहित एक जना पक्राउ


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज–लागूऔषधसहित पर्सा प्रहरीले एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ। लागूऔषधसहित प्रहरीले चितवनको खैरनी नगरपालिका–२ पर्साटोल बस्ने २० वर्षीय सुनिल विकलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकमा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै बसबाट विकलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

उनको साथबाट लागूऔषध नाइट्राभेट ट्याब्लेट ६ सय पिस बरामद गरिएको पर्साका प्रहरीले जनाएको छ। पक्राउ परेका विकलाई औषधसम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : २२ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय