अपेक्षा अनुसार बढ्न सकेन चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य सङ्ख्या « Khabarhub

अपेक्षा अनुसार बढ्न सकेन चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य सङ्ख्या


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको सत्तारुढ कम्युनिष्ट पार्टीमा सदस्यहरुको सङ्ख्या अपेक्षा अनुसार बढ्न नसकेको पाइएको छ । हालै सार्वजनिक एक तथ्यांक अनुसार सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीको सदस्य सङ्ख्या केबल १ दशमलब ४ प्रतिशतले वृद्धि भएको छ ।

यसअघि सन् २०२१ मा कम्युनिष्ट पार्टीका सदस्यको सङ्ख्या ३ दशमलब ७ प्रतिशतले बढेको थियो । सो अवधिमा ३४ लाख चिनियाँहरु कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए ।

सन् २०२२ मा भने केबल १३ लाख चिनियाँहरुमात्रै चिनियाँ कम्युनिष्ट पार्टीमा आबद्ध भएको पाइएको छ । यसमध्ये कम्युनिष्ट पार्टीको सदस्यता लिने चिनियाँ युवाको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको देखिएको छ ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिने ३० वर्षभन्दा कम उमेर समूहका युवाकोृ सङ्ख्यामा १ दशमलब ५ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : ३८ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता