श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिक | Khabarhub Khabarhub

श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिक


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठामडौँ- ‘श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह २०८०’ नामक पुस्तक सार्वजनिक गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तक सार्वजनिक गर्दै श्रमसँगसम्बन्धी फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताए । उनले  श्रमसँग सम्बन्धित नजिरलाई समेटेर पुस्तक प्रकाशन भएकाले न्यायालय र न्यायसँग सम्बन्धित व्यक्तिलाई यो पुस्तकले मार्गदर्शन प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।

श्रमसम्बन्धी विधिशास्त्रको कार्यान्वयन र श्रम कानुनको विकासमा सङ्ग्रहले योगदान पुर्‍याउने उनको भनाइ छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले श्रमसँग सम्बन्धित कानुन र अदालतबाट भएका फैसलासम्बन्धी  खोज र अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताए । उनले बिदामा नबसी अहोरात्र खटेर काम गरेको जानकारी दिए ।

पछिल्लो समय श्रम अदालतमा मुद्दाको सङ्ख्या बढदै गएको उनको भनाइ छ । श्रम अदालतका न्यायाधीश निशा बानियाँले सर्वोच्च अदालत र श्रम अदालतले गरेका महत्वपूर्ण ५० वटा फैसलाको सङ्ग्रह पहिलो पटक प्रकाशन गरेको बताए । श्रम अदालत २०५२ सालमा एक न्यायाधीशले मुद्दा हेर्ने गरी र २०७७ सालदेखि तीन सदस्य न्यायाधीशबाट मुद्दाको सुनुवाइ भइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : ०१ बजे

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने

लुम्बिनी– लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११

पाकिस्तानको शाहिन्सद्वारा नेपालका लागि एक सय ५४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा

छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार

काठमाडौं- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार-२०८१

‘उड्ने कार ल्यायौँ, अब ट्राइफिबियस कार बन्दैछ’

काठमाडौँ – अहिले भृकुटीपण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले आयोजना गरेको

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि शुक्रबार