सन् २०७५ सम्ममा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक « Khabarhub

सन् २०७५ सम्ममा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक


५ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- सन् २०७५ सम्ममा भारत विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण सार्वजनिक भएको छ । अमेरिकी बैंक गोल्डम्यान स्याक्सले जारी गरेको प्रतिवेदनमा सन् २०७५ सम्म भारतीय अर्थतन्त्र विश्वको दोस्रो ठूलो बन्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनमा त्यसबेलासम्म भारतीय अर्थतन्त्रले जापान र जर्मनी मात्र नभई विश्वको महाशक्ति अमेरिकालाई पनि पछाडि छोड्ने जनाइएको छ ।

प्रतिवेदनमा भारतको जनसङ्ख्या १ अर्ब ४० करोड पुगेकोले सोही अनुसार कुल गार्हस्थ्य उत्पादन पनि तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ । भारत अहिले जर्मनी, जापान, चीन र अमेरिकापछि विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो ।

प्रतिवेदनमा भारतको द्रुत रूपमा बढ्दो जनसङ्ख्याबाट श्रम शक्तिमा पनि श्रमिकहरुको सहभागिता बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  १ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना