ड्रोनमार्फत पाकिस्तानबाट भारततर्फ लागूऔषधको तस्करी बढ्दै, झण्डै अढाई किलो हेरोइन बरामद « Khabarhub

ड्रोनमार्फत पाकिस्तानबाट भारततर्फ लागूऔषधको तस्करी बढ्दै, झण्डै अढाई किलो हेरोइन बरामद


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पछिल्लो समय पाकिस्तानबाट चालकरहित हवाई उपकरण ड्रोनमार्फत भारततर्फ लागूऔषधको तस्करी बढ्न थालेको पाइएको छ । हालै भारतीय सुरक्षा बलले भारतको पञ्जाब राज्यमा पाकिस्तानी सीमानजिकै ड्रोनबाट खसालिएको हेरोइन बरामद गरेको छ ।

पाकिस्तानी ड्रोनले झण्डै अढाई किलो लागूऔषध हेरोइन भारतीय भूमिमा खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पञ्जाब राज्यको त्रण तरण जिल्लामा भारतीय सुरक्षाकर्मीले पाकिस्तानी ड्रोनबाट खसालिएको हेरोइन बरामद गरेका हुन् । सीमा सुरक्षार्थ खटिएका भारतीय सुरक्षाकर्मीले हेरोइन खसालिरहेको ड्रोनको आवाज सुनेको र तत्काल खोजी अभियान सञ्चालन गरी उक्त परिमाणको लागूऔषध बरामद गरेको जनाइएको छ ।

खोजी अभियानका क्रममा कलासियन खुर्द गाउँको खेतमा २ किलो ३५० ग्राम हेरोइन बरामद गरेका थिए । पाकिस्तानबाट पछिल्लो समय ड्रोनको प्रयोग गरी भारततर्फ लागूऔषधको तस्करी बढ्दै गएको बताइन्छ । भारतीय सुरक्षाकर्मीले बेला बेला पाकिस्तानी भूमिबाट ड्रोनमार्फत भारततर्फ तस्करी गरिएका लागूऔषध बरामद गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : ५४ बजे

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा