सेयर बजारमा ६३.२४ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ६३.२४ अंकको वृद्धि


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । 

चालु आर्थिक वर्ष २०८१-८१ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप संकलन बोलकबोल दर घटाएका छ भने नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । 

बैंकदर यथावत राख्ने, ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने र शेयर धितो कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने विषय पनि मौद्रिक नीतिमा राखिएको छ । उक्त नीतिका कारण ब्याजदर घट्ने अनुमान गरिएको छ । 

मौद्रिक नीतिमा यस्ता व्यवस्था आएसँगै पुँजीबजारका लगानीकर्ता उत्साहित भएका छन् । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६३ दशमलव २४ अंकले बढेर दुई हजार दुई सय २७ दशमलव १६ अंकमा कायम भएको छ । यो दुई दशमलव ९२ प्रतिशतको वृद्धि हो ।

आज दुई सय ६६ कम्पनीको एक करोड २० लाख दुई हजार तीन सय आठ कित्ता शेयर ७५ हजार ८६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार दुई सय ३२ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचकमा आज उच्च अंकको वृद्धि देखिएको छ । 

सबैभन्दा धेरै विकास बैंक समूह एक सय ९५ दशमलव ३६ र होटल तथा पर्यटन समूह एक सय ७७ दशमलव २२ अंकले बढेको छ । बैंकिङ ६५ दशमलव ५६, वित्त ३३ दशमलव ५१, जलविद्युत् ४० दशमलव ७७ र लगानी समूह दुई दशमलव ५५ अंकले बढेको छ । 

त्यस्तै, जीवन बीमा समूह एक सय २५ दशमलव ५१, उत्पादन तथा प्रशोधन समूह ९२ दशमलव १५, लघुवित्त समूह ४९ दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा एक सय ५८ दशमलव ११, व्यापार एक सय २१ र अन्य समूह २२ दशमलव ३४ अंकले बढेको छ । 

आजको कारोबारमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआइबिल ग्रोथ फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १४ करोड ८१ लाख ५९ हजार ३७ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच लाख ७० हजार सात सय ५१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ४ : १८ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे