रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान « Khabarhub

रेग्मी र न्यौपानेलाई दधिराज सुवेदी पुरस्कार प्रदान


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०७९ सालको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार कथाकार रनत रेग्मीलाई प्रदान गरिएको छ ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रदान गरिएको सो पुरस्कारको राशि ५१ हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

यस्तै, दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार अनन्तराज न्यौपानेलाई दिइएको छ । पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ । संस्थाले दुवै विधाका पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ ।

प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री श्री डिगबहादुर लिम्बूले उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसदद्वय केदार कार्की र ऋषिकेश पोखरेल तथा उद्योगपति राजेन्द्र राउत, नेकपा समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मी, प्राज्ञ गङ्गा सुवेदी,  विवश पोखरेल लगायतले दधिराज सुवेदीको साहित्यिक योगदानको चर्चा गरेका थिए ।

समालोचक साहित्यकार दधिराज सुवेदीका पुत्रद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले बुबाको नाममा राखेको १५ लाख अक्षयकोषको व्याजबाट पुरस्कार प्रदान गर्ने गरिएको संस्थाका सचिव दिङ्लली कान्छोले जानकारी दिए ।

कार्यक्रम प्रतिष्ठानका सभापति विवश पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ६ : ५९ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६